सभापतिका उम्मेदवार श्यामकृष्ण खड्कीले गरे मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका श्यामकृष्ण खड्कीले मतदान गरेका छन् ।  राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’बाट उनले मतदान गरेका हुन् ।  सभापतिका उम्मेदवार गगन थापा, खड्कीलगायत अन्य उम्मेदवारहरूले लाइन लागेका मतदातासँग मत मागिरहेका छन् ।  एक मतदातालाई मतदान गर्न ४० मिनेटसम्म लागेकोले मतदान समय लम्बिने देखिएको छ ।