अमेरिकामा ताइवानी राष्ट्रपतिका छोराको जासुसी गरेको आरोपमा एक महिला पक्राउ

अमेरिकाको एफबीआईले लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट देश छोड्न लागेकी एक महिलालाई पक्राउ गरेको छ। उनीमाथि चीनका लागि ताइवानी राष्ट्रपतिको परिवारको जासुसी गरेको आरोप लगाइएको छ। एफबीआईका अनुसार वानयिङ झाङ जसलाई ‘हेदर’ नामले पनि चिनिन्छ, उनले अमेरिकामा रहँदा चिनियाँ सरकारका लागि ताइवानी राष्ट्रपतिका छोरा र उनको परिवारको निगरानी गरेकी थिइन्। ३४ वर्षीया झाङलाई दर्ताबिना नै चीनका […]