अविरल वर्षाले अवरुद्ध पृथ्वी राजमार्ग आजदेखि पूर्ण रूपमा सञ्चालनमा आउने

काठमाडौँ । लगातारको वर्षाका कारण ठाउँ-ठाउँमा पहिरो खस्नुका साथै सडक भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्ग आज (बुधबार) दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। थप पहिरो वा अन्य कुनै अप्रत्याशित अवरोध नआएमा दिउँसो १ बजेपछि राजमार्गमा सबै प्रकारका सवारीसाधन सञ्चालनका लागि खुला गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। गत असोज ७ गते […]