काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा सहभागी राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आह्वान गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी दल वा उम्मेदवारले आफ्नो झण्डा वा निर्वाचन चिह्न बोक्ने कार्य, सांस्कृतिक कार्यक्रम, र्याली, अमुक दल वा उम्मेदवारविरुद्धका गतिविधिमा, झण्डा वा निर्वाचन चिह्न अंकित भेष्टरटिसर्टरलोगो जस्ता चिजहरू प्रदर्शन गर्ने […]