गर्भपतनका क्रममा मृत्यु घटना:एक जना डाक्टर निलम्बन, मेडिकललाई सञ्चालनमा रोक

घटनाबारे छानबिन गर्न नेपाल मेडिकल काउन्सिलले काउन्सिलका सदस्य डा. सम्राट पराजुलीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा प्रा.डा. पदमराज पन्त, डा. राजेन्द्र बस्याल, डा. अनुप पन्थी, अधिवक्ता गोविन्दप्रसाद मरासिनी र नागरिक समाजका तर्फबाट पत्रकार दिनेश पाण्डे सदस्य थिए।