वित्तीय अवस्था कमजोर बनेपछि एनआईसीका ४४ शाखा मर्जर, लघुवित्तले निम्त्याएको त्यो संकट…

वित्तीय अवस्था कमजोर बन्दै गएपछि एनआईसी एशिया बैंकले देशभरका आफ्ना ४४ वटा शाखा कार्यालयहरू मर्जर (गाभ्ने) गर्ने निर्णय गरेको छ । बैंकले जारी गरेको सूचनाअनुसार विभिन्न स्थानमा रहेका शाखाहरूलाई एकआपसमा समायोजन गर्दै केही शाखाबाट मात्रै सेवा सञ्चालन गर्ने व्यवस्था गरिएको हो । बैंकले वैशाख ३ गतेदेखि लागू हुने गरी शाखा समायोजन गरेको जनाएको छ । […]