क्यासिनोमा जुवा खेलाउने ११ जना पक्राउ, १० लाख बरामद

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठस्थित गरुड क्यासिनोभित्र गैरकानुनी रूपमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा तास खेलाउने कार्यमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बुढानिलकण्ठको संयुक्त टोलीले भदौ २९ गते राति २:०० बजे छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो। क्यासिनोभित्र नेपाली नागरिकलाई प्रवेश गराई क्वाइनमार्फत नगद सटही गरेर हारजित […]