मकवानपुर – छोराको हत्या अभियोगमा यहाँको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित अदुवाबारीका ६४ वर्षीय मीनबहादुर ब्लोन र उनकी पत्नी ६३ वर्षीया देवीमायालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी निगरानीमा उपचार भइरहेको उनीहरुलाई आज जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो । प्रहरी हिरासतमा राखेर ब्लोन दम्पतीमाथि अनुसन्धान थालिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । […]