काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघदेखि स्थानीय तहसम्मका सबै सार्वजनिक निकायलाई वस्तु तथा सेवा खरिद गर्दा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन निर्देशन दिएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र व्यवसायीसँग हालै भएको परामर्शका आधारमा कार्यालयले पत्राचार गर्दै मौजुदा सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गर्न भनेको हो। निर्देशन संघीय मन्त्रालय, संवैधानिक […]