काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आगामी तीन दिन (आसोज ११ गतेसम्म) देशभर प्रतिकूल मौसमी प्रणाली फैलिने भन्दै भारी वर्षा, बाढी, आकस्मिक बाढी र पहिरोको जोखिम रहेको जनाउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका अनुसार जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र मौसम विज्ञान विभागले यो प्रणालीको निरन्तर अनुगमन गरिरहेका छन् । […]