लालीगुराँस र चित्लाङ एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा

रविन्द्र वाईबा , हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। हेटौंडाको गौरीटार रंगशालामा आज भएको सेमिफाइनल खेलमा जित निकाल्दै समूह चरणमा एकै समूहमा रहेका लालीगुराँस र चित्लाङले एकअर्कासँगको भेट पक्का गरेका हुन्। पहिलो सेमिफाइनलमा लालीगुराँसले सुर्खेतको कार्केविहार युथ क्लबलाई २-० ले हरायो । लालीगुराँसका