तीनपल्ट लगातार आईसीसी एकदिवसीय र त्यति नै पल्ट टी-२० विश्वकप खेलेका खेलाडीसँग खेल्न पाउनु आफैँमा गर्वको कुरा हो। अझ विश्वकै महँगो फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) खेलिसकेका खेलाडीसँग खेल्नु दुर्लभ संयोग पनि मानिन्छ। तर, नेपाली युवा स्पिनर शेर मल्लले जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा यस्ता खेलाडीसँग खेल्न मात्र पाएनन्, उनीहरूको विकेटसमेत चट्काए। एनपीएलको अति […]