प्राकृतिक शीतभण्डारमा किबी

पाँचथर। पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक शीतभण्डारमा किबी भण्डारण गरी आकर्षक फाइदा लिँदै आएका छन‍्। उत्पादनको याममा सकिएपछि बजारमा पुर्याउँदा प्राकृतिक शीतभण्डारमा राखिएको किबीको मूल्य तेब्बर बढी हुने र स्वाद उस्तै रहने गरेको छ। किबीको व्यावसायिक खेतीको शीप सिक्न विसं २०७६ मा इलाम पुगेका राईले प्राकृतिक शीतभण्डारमा किबी राख्न सकिने थाहा पाएका […]