चीनको तिब्बतबाट नेपालतर्फ भोटेकोशी नदीमा आकस्मिक बाढी आउन सक्ने सूचना प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदीका दुवै किनारमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयले बिहीबार राति सूचना जारी गर्दै भोटेकोशीमा आकस्मिक बाढी आउन सक्ने र त्यसको प्रभावले त्रिशूली नदीमा अचानक पानीको बहाव बढ्न सक्ने जोखिम रहेको […]