रूपन्देही । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका रु. पाँच लाख १३ हजार ६०० मूल्य बराबरका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रोहिणी गाउँपालिका, सिद्धार्थनगर नगरपालिका लगायतका विभिन्न स्थानबाट चेकजाँचका क्रममा भन्सार छली गरी ल्याइएका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनबहादुर शाहीले जानकारी दिए […]