दशरथ चन्द विश्वविद्यालय सभामा सात सदस्य मनोनीत, उपकुलपति र रजिस्ट्रार सिफारिसका लागि समिति गठन

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको पहिलो बैठक मंगलबार बसेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनको अध्यक्षतामा काठमाडाैंमा बसेको बैठकले विश्वविद्यालय ऐनअनुसार सर्वोच्च निकायका रूपमा रहेको सभामा दुई महिलासहित सात जनालाई मनोनीत गरेको छ । सभाका सदस्यसमेत रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वविद्यालयहरूको तर्फबाट सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिसमेत...