क्याल्सियमको कमी हुँदा कस्ता समस्या देखिन्छन्?

क्याल्सियम शरीरको लागि अति आवश्यक तत्त्व हो। यसले हड्डी र दाँतलाई मजबुत बनाउन मद्दत गर्छ। शरीरमा पाइनेमध्ये अधिकांश क्याल्सियम हड्डीमा पाइन्छ। क्याल्सियमकै कारण मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरूले पनि शरीरमा स्वस्थ रूपमा काम गरिरहेका हुन्छन्।