काठमाडौँ– सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि स्वास्थ्य सेवालाई निरन्तरता दिन आइतबारसमेत अस्पतालका बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आइतबारको बिदाका कारण बिरामीलाई मर्का पर्न नदिन यस्तो व्यवस्था मिलाउन सबै अस्पताल र स्वास्थ्य निकायलाई अनुरोध गरेको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार […]