सवारीसाधनसहित रु १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

झापामा भन्सार छली गरी भित्र्याइएका रु १० लाख ६८ हजार ५० बराबरका मालसामानसहित एक सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। राजस्व चुहावट नियन्त्रणका लागि गरिएको नियमित जाँचका क्रममा उक्त परिमाणको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। आज बिहान बिर्तामोड नगरपालिका–८ गरामनीस्थित मदनपुर–विर्तामोड सडकखण्डमा चेकजाँचका क्रममा प्रहरीले भद्रपुरबाट विर्तामोडतर्फ जाँदै गरेको डब्लु बी ७४ […]