पार्टी कार्यालयमा विमलेन्द्र निधिलाई गरिएको व्यवहार गलत छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेता विमलेन्द्र निधिमाथि आज पार्टी केन्द्रीय कार्यालयमा भएको दुव्र्यवहारप्रति आपत्ति जनाएका छन् । आजको कार्यसम्पादन समितिको बैठकमा जाँदा निधिलाई विशेष महाधिवेशनको वकालत गर्ने कि नगर्ने भन्दै धकेलाधकेल गर्दै दुव्र्यवहार भएको थियो । ‘आज पार्टी कार्यालय बाहिर आदरणीय नेता बिमलेन्द्र निधि प्रति भएको व्यवहार गलत छ,’ उनले भनेका छन्, ‘असल […]