दाङ । लुम्बिनी प्रदेशसभाकी सांसद गीता गुरुङले मंगलबार पदबाट राजीनामा दिएको घोषणा गरेकी छन् । सीके राउत नेतृत्वको जनमत पार्टीकी समानुपातिक सांसद रहेकी गुरुङले लुम्बिनीका सभामुखसमक्ष आफ्नो राजीनामा बुझाएकी हुन् । राजीनामा पत्रमा उनले देश र जनताको पीरमर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही नहुने आफ्नो मान्यता रहेको उल्लेख गरेकी छन् । […]