काठमाडौं । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आज जेलमुक्त हुँदै छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भोगिरहेका रायमाझी साढे तीन वर्ष जेल बसेपछि रिहा हुन लागेका हुन् । रायमाझी हाल डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका थिए । उनले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुट पाउन जिल्ला अदालत काठमाडौंमा निवेदन दिएका थिए । […]