बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र गतिमा आएको ट्रकले बसबाट ओर्लिएर सडक किनारमा पर्खिरहेका यात्रुलाई ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । स्थानीय प्रहरीका वरिष्ठ अधिकारी इस्लामका अनुसार ढाका–चट्टोग्राम राजमार्गअन्तर्गत सिताकुन्डामा एउटा बसमा प्राविधिक खराबी आएपछि यात्रुहरू गाडीबाट ओर्लिएर सडक किनारमा पर्खिरहेका थिए […]