दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट प्रभावित चारवटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएको छ । यसका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र थानी काली जोशी संयुक्त उपक्रम (जेभी), काठमाडौँबीच ठेक्का सम्झौता भइसकेको छ । आयोजनाको जलाशय निर्माणका कारण प्रभावित हुने झोलुङ्गे पुलहरूको पुन:स्थापना तथा पुनर्निर्माणका लागि सम्झौता गरिएको हो । […]