काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले पार्टीको उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । भण्डारीले सामाजिक सञ्जालमार्फत ‘रूपान्तरित कांग्रेस’ निर्माणको एजेन्डासहित उपसभापतिमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् । उनले ‘समृद्ध मुलुक, खुसी नेपाली’ लाई आफ्नो मुख्य लक्ष्य र ‘समयअनुकूल विचार बोकेर हिँड्ने पार्टी निर्माण’ लाई त्यसको साधनका रूपमा अघि सारेका छन् […]