चुनाव चिह्न माग्दै निर्वाचन आयोग पुगे १२० दल

काठमाडौं। निर्वाचन आयोगमा आगामी चुनावमा सहभागी हुनका लागि चुनाव चिह्न माग्दै १२० वटा राजनीतिक दलले निवेदन दर्ता गराएका छन्। प्रतिनिधिसभामा भाग लिन दल दर्ता गर्न र एकल चुनाव चिह्न माग्दै दलले निवेदन दर्ता गराएका हुन्। दर्ता भएका निवेदनमा जाँचबुझ गरी कानुनअनुसार योग्यता पुगेका दललाई २० गतेसम्ममा स्वीकृति दिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी गराए। […]