सहमति कार्यान्वयन नभए स्थगित आन्दोलन पुनः सुरु गर्ने डा. गोविन्द केसीको चेतावनी
चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार, समतामूलक पहुँच, जवाफदेहिता, सुशासन र सामाजिक न्यायका माग राख्दै गरिएको २५औँ सत्याग्रहका क्रममा सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै डा. केसीले सरकारको ध्यानाकर्षण गराएका हुन्।