सरकारले विद्यालय शिक्षाको मूल्यांकन प्रणालीलाई देशभर एकरूप बनाउन नयाँ लेटर ग्रेडिङ निर्देशिका लागू गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्देशिकाले विद्यालय तहका सबै परीक्षामा एउटै ग्रेडिङ प्रणाली कार्यान्वयन गर्ने व्यवस्था गरेको हो। मन्त्रालयका अनुसार परीक्षाका कारण विद्यार्थीमा सिर्जना हुने मनोवैज्ञानिक दबाब र त्रास कम गर्दै मूल्यांकन प्रणालीलाई वैज्ञानिक, पारदर्शी र एकरूप बनाउने […]