लक्ष्मी ग्रुपसँगको सहकार्य विस्तार गर्दै बोस्चको नेपालमा पहिलो ब्रान्ड स्टोर सञ्चालन

विश्वप्रसिद्ध जर्मन होम अप्लायन्स ब्रान्ड बोस्चले नेपालमा आफ्नो पहिलो समर्पित बोस्च ब्रान्ड स्टोर सञ्चालनमा ल्याएको छ। BSH Home Appliances Pvt. Ltd. ले लक्ष्मी ग्रुपसँगको दीर्घकालीन सहकार्यलाई विस्तार गर्दै ललितपुरको जावलाखेलमा नयाँ ब्रान्ड स्टोर सञ्चालनमा ल्याएको हो। कम्पनीका अनुसार नयाँ स्टोरमार्फत नेपाली उपभोक्ताले रेफ्रिजेरेटर, फ्रन्ट–लोड वाशिङ मेसिन, डिशवाशर, फुड प्रिपरेशन उपकरण तथा बिल्ट–इन किचन समाधानलगायत बोस्चका […]