यस्तो हुनेछ फिफा विश्वकप : ४८ टोलीसहित ऐतिहासिक संस्करण, इटाली बाहिरिँदा नयाँ राष्ट्रको उदय

फिफा विश्वकप २०२६ आगामी जुन–जुलाईमा संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडा ले संयुक्त रूपमा आयोजना गर्दैछन्। विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको २३औं संस्करण यसपटक विशेष रूपमा ऐतिहासिक बन्नेछ, किनकि पहिलोपटक ४८ राष्ट्र सहभागी हुनेछन्। यसअघि ३२ टोली सहभागी हुने प्रणालीलाई विस्तार गर्दै फिफाले यसपटक थप राष्ट्रलाई अवसर दिएको हो। नयाँ ढाँचाले विशेषगरी अफ्रिका र ओसियाना […]