चितवन मेडिकल कलेजमा जलन उपचार सम्बन्धी अन्तर्क्रिया सम्पन्न

रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान, रिजन ६ अन्तर्गतका रोटरी क्लबहरू, रोटर्‍याक्ट क्लब अफ भरतपुर र रोटर्‍याक्ट क्लब अफ चितवन मेडिकल कलेजको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नेपालमा जलन उपचारको वर्तमान अवस्था, चुनौती र सुधारका उपायबारे छलफल गरिएको थियो।