दाङको संजीवनी टिचिङ हस्पिटलमा एमआरआई सेवा सुरु

अस्पतालका रेडियोलोजी विभाग प्रमुख एवं कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. जेशन केसीका अनुसार अस्पतालले जर्मनीको सिमेन्स कम्पनीको १.५ टेस्ला क्षमताको अत्याधुनिक मेसिन जडान गरेको छ। अस्पतालका अनुसार यो मेसिन नेपालकै पहिलो 'हिलियम फ्री' प्रविधिको स्क्यानर हो।