ऊर्जामन्त्री घिसिङले फाेन गरेर पूर्वप्रधानमन्त्री खनालकी पत्नीको स्वास्थ्य अवस्थाकाे बारेमा लिए जानकारी

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाकाे बारेमा जानकारी लिनुभएकाे छ । गत भदौ २४ गते भएको जेनजी युवाहरूको आन्दाेलनपछि डल्लुस्थित निवासमा भएको आगजनी र तोड्फोडमा परेर खनालकी पत्नी चित्रकार गम्भीर घाइते हुनुभएकाे थियाे। उहाँको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार जारी रहेकाे छ […]