जनादेश लत्याएर संघीय सांसदको यात्रामा बालेन, हर्क र रेनुहरू

काठमाडौँ महानगरपालिका प्रमुखको उम्मेदवारी मनोनयन गर्नुअघि ११ फागुन २०७९ मा बालेन्द्र शाह (बालेन)ले २८ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेका थिए। त्यसमा स्वास्थ्य, शिक्षा, पूर्वाधार, सार्वजनिक यातायात, पर्यटन क्षेत्रको सुधारदेखि फोहोर व्यवस्थापन र सुशासनसम्मका मुद्दा थिए। बालेनका यिनै प्रतिबद्धतामा विश्वास गरेर काठमाडौँका मतदाताले स्वतन्त्र उम्मेदवार बालेनलाई लौरो चिह्नमा मतदान गरेर पाँच वर्षका लागि महानगरको मेयर बनाए। […]