म्यानमारको गुम्बामा नेपाली सहयोगको अर्थ

२८ पुसको नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र म्यानमारमा गत वर्ष गएको भूकम्पबाट क्षतिग्रस्त महामुनि फैया (बौद्ध प्यागोडा)को अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निर्माणका लागि तीन लाख ५० हजार अमेरिकी डलर सहयोग उपलब्ध गराउने निर्णय गर्‍यो। २८ मार्च २०२५ मा म्यानमारको दोस्रो ठूलो सहर मन्डालयनजिकै केन्द्रबिन्दु रहेको भूकम्पबाट म्यानमारमा मात्र पाँच हजार ३५२ जनाको मृत्यु भएको थियो […]