हार्डवेयर व्यापारीदेखि अटो उद्यमीसम्म अमिर आचार्यको अस्ट्रेलियामा उडान

'मलाई अस्ट्रेलिया आएदेखि नै आफ्नै केही गर्न मन थियो। साँच्चै भन्ने हो भने त नेपालबाट केही व्यवसाय गर्छु भनेर आएको हो,' उनले भने, 'यता आएर जति गरेको छु। म त्यसमा सन्तुष्ट छु। नेपालमा हुँदा गरेको व्यवसायको अनुभवले मलाई यता थप सजिलो भएको छ।'