जिपको ढोकाबाट खस्दा एक जनाको मृत्यु

सिन्धुली – सिन्धुलीमा गुडिरहेको जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकालीस्थित भित्री सडकखण्डमा आइतबार बिहान भएको दुर्घटनामा घ्याङलेख गाउँपालिका–४ बन्दीपुरका ५८ वर्षीय मानध्वज योञ्जनको मृत्यु भएको हो। प्रहरीका अनुसार बिहान ९ः३० बजे घ्याङलेखबाट सिन्धुलीतर्फ जाँदै गरेको बा २१ च ८३२५ नम्बरको डबल क्याब बोलेरो जिपमा सवार योञ्जन ढोकाको लक समातेर बसेका […]