अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी आरोहीको मृत्यु

काठमाडौँ- जारी शरद ऋतुमा अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ। पर्यटन विभागका अनुसार हिमालयन भिजन ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिमार्फत गएको टोलीका फ्रान्सेली नागरिक हुगो लुसियो लाजारोको मृत्यु भएको हो। ६ कात्तिकमा अमादब्लम सफल आरोहण गरी फर्कने क्रममा स्वास्थ्यमा समस्या आएपछि उनलाई क्याम्प–३ बाट हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको थियो। […]