प्रज्ञा प्रतिष्ठानमा असोज ९ देखि बृहत् पुस्तक प्रदर्शनी, ४० प्रतिशतसम्म छुट

नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन तथा ज्ञान–विज्ञानसम्बन्धी पुस्तकको प्रवर्द्धनका लागि असोज ९ गतेदेखि बृहत् पुस्तक प्रदर्शनी आयोजना गर्ने भएको छ। प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीका अनुसार पठन संस्कृतिको विकास तथा पाठक र प्रकाशकबीचको सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यले असोज ९ देखि १८ गतेसम्म कमलादीस्थित प्रतिष्ठान परिसरमा ‘बृहत् पुस्तक प्रदर्शनी–२०८३’ आयोजना […]