कृषि विकास बैंक लिमिटेडले हालैको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि १० लाख रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको छ। बैंकले करिब २०० प्रभावित परिवारलाई पुग्ने गरी अत्यावश्यक खाद्य सामग्री सरकारको आधिकारिक राहत सङ्कलन केन्द्रमा हस्तान्तरण गरेको हो। बैंकले उपलब्ध गराएको राहत सामग्रीमा चामल, दाल, तेल, नुन, बिस्कुट, चिउरा, दालमोठ, चाउचाउ, मस्यौरा, चना, भुजा र पिउने […]