काँकडभिट्टाबाट २४ अर्बको पेट्रोलियम आयात, ८ अर्ब ७८ करोड राजस्व संकलन

काँकडभिट्टा भन्सार कार्यालयबाट गत आर्थिक वर्ष २०८२/८३ मा २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। उक्त अवधिमा पेट्रोल, डिजेल र लिक्विफाइड पेट्रोलियम ग्यास (एलपी ग्यास) आयात गरिएको हो। भन्सार कार्यालयका अनुसार सबैभन्दा बढी १२ अर्ब १८ करोड ७ लाख ६४ हजार रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ। […]