काँग्रेसको मनोनयन दर्ता समय दुई घण्टा थप, अब साँझ ६ बजेसम्म

काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको उम्मेदवारी मनोनयन दर्ताको समय दुई घण्टा थप गरिएको छ। काँग्रेस केन्द्रीय निर्वाचन समितिले मंगलबार सूचना जारी गर्दै यसअघि अपराह्न ४ बजेसम्म तोकिएको मनोनयन दर्ताको समय बढाएर साँझ ६ बजेसम्म कायम गरेको हो। निर्वाचन समितिले विस्तारित समयभित्र उम्मेदवारी दर्ता गराउन केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई आग्रह […]