सान फ्रान्सिस्को अध्यागमन अदालत बन्द भएपछि नोर्थ क्यालिफोर्नियामा मुद्दाको चाप

सान फ्रान्सिस्कोस्थित अध्यागमन अदालत हालै बन्द भएपछि नोर्थ क्यालिफोर्नियाको अध्यागमन अदालत प्रणाली र त्यहाँका कानुन प्रक्रिया अपनाइरहेका आप्रवासीहरूमा ठूलो चाप थपिएको छ। सहरको ‘फाइनान्सियल डिस्ट्रिक्ट’मा रहेको १०० मोन्टगोमरी स्ट्रिट भवनबाट हेरिने अधिकांश मुद्दाहरूलाई करिब ३० माइल पूर्वमा रहेको कन्कर्ड अध्यागमन अदालतमा सारिएको छ। ट्रम्प प्रशासनले ३३ लाखभन्दा बढी मुद्दाहरूको चाप र बक्यौता बाँकी रहेकै समयमा […]