पर्वत– ग्रामीण क्षेत्रमा बढ्दै गएको चोरी, डकैती, लुटपाट, हत्या तथा सवारी दुर्घटनाजस्ता घटना न्यूनीकरण गर्नका लागि पर्वतको फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा सिसिटिभी निगरानी प्रणाली विस्तार गरिएको छ । दैनिक ठूलो सङ्ख्यमा सर्वसाधारणको आवतजावत हुने भएकाले सुरक्षा चुनौती बढ्दै गएपछि सिसीक्यामेरा जडान गरिएको वडा अध्यक्ष नवीनकुमार श्रेष्ठले बताए । देवीस्थानको कमलेबजारदेखि ढिकसम्मको क्षेत्र पुरानो तथा व्यस्त […]