इबोला प्रकोप व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता : डब्लुएचओ

बुनिया– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो र युगान्डामा फैलिएको इबोला प्रकोपका कारण केही देशहरूले लगाएको यात्रा प्रतिबन्ध तथा सीमा बन्दी पुनर्विचार गर्न आग्रह गरेका छन् । कङ्गोको उत्तरपूर्वी इटुरी प्रान्तको राजधानी बुनियामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले यस्ता प्रतिबन्धहरूले रोग नियन्त्रण प्रयासलाई कठिन बनाउने मात्र होइन, […]