काठमाडौँ । शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्ने लक्ष्यसहित अघि बढाएका प्रस्तावहरू कार्यान्वयन हुन नसकेपछि पूर्वशिक्षामन्त्री महावीर पुन प्रत्यक्ष राजनीतिमा होमिएका छन्। आफूले अघि सारेका तीन वटा अध्यादेश र चार नियमावलीले औपचारिक मान्यता नपाएपछि म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको उनले बताएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व सम्हाल्दा संरचनागत सुधारलाई प्राथमिकतामा राखेको तर राज्य संयन्त्रबाट […]