कैलाली। केही दिनदेखि कुहिरो र हुस्सुसँगै लगातार चलेको शीतलहरले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ। दिनभरि लाग्ने बाक्लो हुस्सु र कुहिरोसँगैको शीतलहरले कठ्याङ्ग्रिने जाडो बढेपछि जनजीवन कष्टकर बनेको हो। लगातारको हुस्सुका कारण केही दिनदेखि कैलाली र कञ्चनपुरमा घाम झुल्किन पाएको छैन। चिसोका कारण जाडोको सामना गरिरहेका अधिकांश सर्वसाधारणलाई आगो ताप्न दाउराको समस्या भएको छ। चिसो […]