काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत काठमाडौँको भृकुटीमण्डपमा जारी बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो छुट्टै अवधारणापत्र राखेका छन्। बन्दसत्रको सुरुमा अध्यक्ष केपी ओलीले धारणा राखेपछि नेता पोखरेललाई बोल्न समय दिइएको थियो। पोखरेलले बन्दसत्रमा यसअघि सार्वजनिक भएको र पार्टी अध्यक्ष ओलीलाई बुझाएको अवधारणापत्र वाचन गरेका हुन्। शुक्रबार बसेको सचिवालय बैठकले पोखरेललाई आफ्नो पालोमा अवधारणापत्र राख्न दिने […]