उद्योगी–व्यवसायीहरूमाथि अनुसन्धानका नाममा भइरहेको व्यवहारप्रति नेपाल चेम्बर्स अफ कमर्स काठमाडौंले गम्भीर आपत्ति जनाएको छ। संघले यस्तो अभ्यासले निजी क्षेत्रमाथि अनावश्यक दबाब र भयको वातावरण सिर्जना गरिरहेको भन्दै व्यवसायिक वातावरणमा नकारात्मक असर पर्ने चेतावनी दिएको छ। संघले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धानका क्रममा शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गरिएको कार्यप्रति कडा विरोध जनाएको छ। […]