काठमाडौं । रसुवामा गत २६ अगस्टमा गएको विनाशकारी पहिरो र त्यसपछि त्रिशूली नदीमा आएको आकस्मिक बाढी प्राकृतिक विपद्को अर्को एउटा घटना मात्र रहेन। घटनास्थलमा प्रत्यक्ष वैज्ञानिक उपकरण सीमित रहे पनि नेपाल र चीनमा रहेका भूकम्पमापक यन्त्रले त्यस विपद्को ‘कम्पन’ भने अभिलेख गरिरहेका थिए। त्यही कम्पनको वैज्ञानिक विश्लेषणबाट अनुसन्धानकर्ताहरूले बाढीअघि गएको मुख्य पहिरोको समय र स्थान […]